नेदरल्यान्ड्सविरुद्ध नेपालको सानदार जित

टी–२० शृंखलामा नेपालको दोस्रो जित


२०८२ असार ६ शुक्रबार ०३:५० बजे

काठमाडौं :  ओपनर कुशल भुर्तेलको अर्धशतकप्रेरित नेपालले स्कटल्यान्डमा जारी त्रिदेशीय ट्वान्टी–२० शृंखलामा नेदरल्यान्ड्सविरुद्ध ६ विकेटको जित निकालेको छ । बिहीबार ग्लासगोमा सम्पन्न खेलमा नेदरल्यान्ड्सले प्रस्तुत गरेको १७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जितमा ओपनर कुशल भुर्तेलले ६१ रन बनाए । उनले ५१ बलमा ६ चौका प्रहार गरे । यस्तै, आरिफ सेखले रिटायर्ट हर्ट हुनुअघि २३ बलमा तीन चौका र दुई छक्कासहित ३९ रन थपे । भीम सार्कीले २७ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले १६ रन जोडे । लोकेश बम १२ रनमा अविजित रहे ।

टस जितेर पहिले बलिङ गरेको नेपालले नेदरल्यान्ड्सलाई १७४ रनमा रोकेको थियो। बलिङतर्फ करण केसीले दुई तथा ललित राजवंशी, सन्दीप लामिछाने, रुपेश सिंह र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिएका थिए।  ब्याटिङतर्फ नेपालका लागि कुशल भुर्तेलले ६५, आरिफ शेखले ३९, भीम सार्कीले २७ र दीपेन्द्रसिंह ऐरीले अविजित १६ रन बनाए। 

बिहीबारको जितसँगै नेपाल फाइनलमा पुग्ने सम्भावना बलियो भएको छ । नेट रनरेटका आधारमा नेपाल अंक–तालिकामा पहिलो स्थानमा उक्लिएको छ । अंक–तालिकामा नेपाल र नेदरल्यान्ड्सको समान चार अंक छ । नेदरल्यान्ड्सले चारै खेल खेलिसकेको छ । तीन खेल मात्र खेलेको स्कटल्यान्डको दुई अंक छ । शुक्रबारको खेलमा नेपाललाई उसले पराजित गरे पनि ठुलो अन्तरको हार नभएमा नेटरनरेटका आधारमा नेपाल फाइनलमा पुग्ने सम्भावना छ। 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७