नेदरल्यान्ड्सले तेस्रो विकेट गुमायो


२०८२ असार ५ बिहीबार ०१:३२ बजे

काठमाडौं । नेदरल्यान्ड्सविरुद्ध जारी खेलमा नेपालले तेस्रो सफलता पाएको छ। ललित, दिपेन्द्र र रूपेश सिंहले एक–एक विकेट लिएका हुन्। ललितनारायण राजवंशीले पहिलो ओभरमा एक रन मात्रै दिएर पहिलो विकेटका रुपमा ओपनर विक्रम जित सिंहलाई पेभेलियन पठाएका थिए।

चौथो ओभरमा बलिङका लागि आएका दिपेन्द्र सिंह ऐरीले ओभरको पहिलो बलमै विकेट लिए। रूपेशले पनि पाचौँ  ओभरको पहिलो बलमै एक विकेट लिए। नेपाल आज लगातार दोस्रो जितको खोजीमा रहेको छ। मङ्गलबार भएको खेलमा नेपालले स्कटल्याण्ड्सलाई २ विकेटले पराजित गरेको थियो।

त्यसअघि सोमबार भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो। नेदरल्याण्ड्सले भने यस शृङ्खलामा दुई जित निकालेको छ। आइतबार घरेलु टोली स्कटल्याण्डसँग नेदरल्याण्ड्स ३९ रनले पराजित भएको थियो। त्यसपछि नेदरल्याण्ड्सले नेपाललाई तेस्रो सुपर ओभरमा पराजित गरेको थियो भने बुधबार भएको खेलमा स्कटल्याण्ड्सलाई १७ रनले हराएको थियो। 

खेलमा भीम सार्कीको डेब्यू

नेदरल्याण्ड्सविरुद्धको आजको खेलमा नेपालका खेलाडी भीम सार्कीले डेब्यू गरेका छन्। सार्कीलाई उपकप्तान दिपेन्द्रसिंह ऐरीले डेब्यू क्याप हस्तान्तरण गरेका हुन्। उनी टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा नेपालका ५२औं खेलाडी हुन्। जारी सिरिजमा यसअघि किरण ठगुन्ना र रुपेश सिंहले डेब्यू गरेका थिए। 

नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसँगै उपकप्तान ऐरी, कुशल भूर्तेल, लोकेश बम, आसिफ शेख, आरिफ शेख, करण केसी, रुपेश सिंह, सन्दीप लामिछाने र ललितनारायण राजवंशी रहेका छन्। 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७