कारागारभित्रै व्यवसायी युवकको शंकास्पद मृत्यु, दुई दिनदेखि उठेन शव


२०८२ असार ४ बुधबार १५:१७ बजे

धनगढी । बैंकिङ कसुरमा पक्राउ परेका डडेल्धुरा भागेश्वर–५ का २८ वर्षीय व्यवसायी हरिश सिंह पालीको कैलाली जिल्ला कारागारभित्रै शंकास्पद मृत्यु भएको छ। कारागारमा बेहोस अवस्थामा भेटिएका उनको मृत्यु भएको हो। उनको शव दुई दिनदेखि उठ्न सकेको छैन।

अचेत अवस्थामा भेटिएका पालीलाई राति सेती प्रादेशिक अस्पताल लगिएकोमा उपचारका क्रममा राति नै मृत्यु भएको कैलाली कारागारका जेलर पदम तिमिल्सिनाले जानकारी दिए। मृत्युको कारण स्पष्ट नभए पनि अस्पताल पुर्‍ याउने बेला उनलाई उच्च ज्वरो आएको थियो भने रक्तचाप निकै कम रहेको तिमिल्सिना बताउँछन्।

उनको मुख, खुट्टा र शरीरका अन्य भागमा समेत चोट पटक समेत देखिएको छ। सोही कारण पालीका आफन्तले कारागारभित्र कुटपिट गरेर हत्या गरेको आरोप लगाउँदै शव बुझ्न मानेका छैनन्। पालीका आफन्तहरूले कारागारभित्रै यातनाका कारण मृत्यु भएको भन्दै घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्।

उनको शव प्रादेशिक अस्पतालमै छ। पालीलाई बैंकिङ कसुर मुद्दामा जिल्ला अदालतले २०८० सालमा १० दिन कैद र दुई लाख रूपैयाँ जरिवाना गरेको थियो। त्यही बेलादेखि फरार रहेका उनलाई कैलाली प्रहरीले असार १ गते मात्र पक्राउ गरेर कारागार चलान गरेको थियो। उनको मृत्युबारे थप अनुसन्धान भइरहेको कारागार प्रशासनले जनाएको छ। 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७