भोटेकोशी र सुनकोशीमा बाढीको जोखिम, आसपास सतर्क रहन आग्रह


२०८२ असार ४ बुधबार १७:४८ बजे
फाइल फोटो

काठमाडौं । बाढीको जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भोटेकोशी र सुनकोशी नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। बुधबार सहायक सीडीओ गणेश नेपालीले सूचना जारी गर्दै सो आग्रह गरेका हुन्।

चीनको प्रहरी कार्यालयबाट असार ३ देखि ७ गतेसम्म तिब्बत क्षेत्रमा भारी वर्षा हुने सूचना प्राप्त भएकोले सतर्कता अपनाउन आग्रह गरेको सूचनामा उल्लेख छ। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक सीडीओ गणेश नेपालीले सूचना जारी गर्दै असार ३ देखि ७ गतेसम्म वर्षा र बाढीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका हुन्।

‘भोटेकोशी र सुनकोशी नदी आसपास ( भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको भोटेकोशी-सुनकोशी नदी आसपास) क्षेत्रमा जोखिम हुन सक्ने भएकोले नदी आसपास क्षेत्रमा बसोबास गर्नु हुने महानुभावहरुमा सतर्कता अपनाउन अनुरोध छ’, सूचनामा भनिएको छ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७