इजरायलले इरानको सरकारी टिभी र रेडियो लक्षित आक्रमण गर्दै


२०८२ असार २ सोमबार ०२:५० बजे
तस्वीर : एएफपी

जेरुसेलम । इजरायलली सेनाले इरानको सरकारी टेलिभिजन र रेडियोलाई लक्षित आक्रमण गर्न लागेको इजरायली रक्षामन्त्रीले बताएका छन्। इजरायलका रक्षामन्त्री इजरायल काट्जले सोमबार इरानको सरकारी टेलिभिजन र रेडियोलाई लक्षित आक्रमण गरी ‘तिनीहरूलाई ध्वस्त पारिदिने’ बताएका छन्। 

‘इरानी प्रोपोगान्डा र उक्साउने ‘मेगाफोन’ ध्वस्त हुन लागेको छ’, उनले एक विज्ञप्ति जारी गरी बताएका छन् । उनले भने, ‘आसपासका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण हुन निर्देशन जारी गरिएको छ।’ इजरायली सेनाले सोमबार राजधानीको उत्तरी ‘डिस्ट्रिक्ट थ्री’ को एक भागका बासिन्दालाई ‘तत्काल’ त्यहाँबाट बाहिर निस्कन आग्रह गरेको छ।

‘आगामी घण्टाहरूमा, इजरायली सेना हालैका दिनहरूमा जस्तै तेहरानको यस क्षेत्रमा इरानी शासनको सैन्य संरचनामा आक्रमण गर्न परिचालित हुनेछ’, सेनाले समाजिक सञ्जाल एक्समा पोस्ट गरेको फारसी भाषामा लेखिएको सन्देशमा भनिएको छ। खाली गर्न भनिएको क्षेत्र इरानी राजधानीको एक घना क्षेत्र हो। यहाँ कम्तिमा चार वटा अस्पताल र स्वास्थ्य केन्द्र, एक प्रमुख पुलिस भवन र सरकारी प्रसारणकर्ता आईआरआईबी रहेका छन्। 

यसमा कतार, ओमान र कुवेतका दूतावासका साथै संयुक्त राष्ट्रसङ्घका कार्यालय र एजेन्सी फ्रान्स–प्रेस ब्यूरो (एएफपी) को कार्यालय पनि छ। सोमबार इजरायली सेनाले तेहरानमाथिको आकाशमा पूर्णरूपमा हवाई नियन्त्रण हासिल गरेको बताएको थियो। रासस / एएफपी
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७