बालुवाटारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं । मन्त्रिपरिषद्को बैठक अहिले जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैठक सुरु भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ। आजको बैठक नियमित बैठक भएको बताइएको छ।