नेदरल्याण्ड्सविरुद्ध नेपाल पहिला फिल्डिङमा

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० आई सिरिजको आफ्नो पहिलो खेलमा नेपालले पहिला नेदरल्याण्ड्सविरुद्ध फिल्डिङ गर्ने भएको छ।
स्कटल्याण्डको ग्लासग्लोस्थित तितवूड मैदानमा नेदरल्याण्ड्सविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्। सिरिजअन्तर्गतको पहिलो खेलमा स्कटल्याण्डले नेदरल्याण्ड्सलाई ३९ रनले पराजित गरेको थियो।
यसअघि एकदिवसीय सिरिजमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले टी–२० आई पनि लय कायम राख्न चाहन्छ । टी–२० आईमा १०० औं खेल खेल्न लागेको नेपाली टोली उच्च मनोबलमा छ। टी–२० आईमा नेपालका लागि किरण ठगुन्नाले डेब्यु गरेका छन्। उनी नेपालबाट टी–२० आई खेल्ने ५० औं खेलाडी हुन्। किरणलाई करण केसीले डेब्यु क्याप दिएका हुन् ।
नेपालको सुरुवाती ११
रोहित पौडेल (कप्तान), अनिल शाह (विकेट किपर), कुशल भुर्तेल, दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, ललित नारायण राजवंशी, नन्दन यादव, किरण ठगुन्ना, लोकेश बम र रुपेश सिंह।