वैठक सारेर विपक्षी दलहरुसँग छलफलमा सभामुख

काठमाडौं । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक लगातार सरिरहेको छ । सभामुख देवराज घिमिरे र विपक्षी दलहरूबीच छलफल जारी छ । संघीय संसद् भवनस्थित सभामुखको कार्यकक्षमा विपक्षी दलहरूसँग अहिले छलफल चलिरहेको छ ।
दिउँसो १ बजेका लागि बोलाइएको बैठक साढे ३ बजेसम्मका लागि सारेर सभामुखले विपक्षी दलहरूसँग छलफल गरिरहेका हुन् । विपक्षीहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद् बैठक अवरोध गरिरहेका छन् । यसअघि सहमति जुट्न नसक्दा सूचना टाँस गरेर बैठक स्थगित गरिएको थियो । यसअघि जेठ १३ र १४ का लागि बोलाइएका बैठकमा विपक्षी दलले अवरोध गरेका थिए । त्यस्तै भिजिट भिसा प्रकरणमा सत्तापक्ष र प्रतिपक्षीबीच सहमति नहुँदा प्रतिनिधिसभाको बैठक मंगलबार पनि अवरुद्ध भएको थियो ।