वहुदलपछि नेपाल बने भ्रष्टाचार मुद्दामा तानिने हालसम्मै उच्च पदस्थ व्यक्ति


२१:५२ बजे

काठमाडौं । पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल बहुदलीय व्यवस्थापछि भ्रष्टाचार मुद्दामा तानिने हालसम्मकै उच्च पदस्थ व्यक्ति बनेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार काभ्रेको जग्गा पतञ्जलीलाई हदबन्दी छुट दिएर पुनः प्लटिङ तथा बेचबिखनका लागि अनुमति दिँदा भ्रष्टाचार भएको भन्दै उनीविरुद्ध मुद्दा दायर गरेको हो । यसअघि, ०३५ सालमा पूर्व प्रधानमन्त्री तुल्सी गिरीविरुद्ध पनि गलैँचा निर्यात काण्डमा भ्रष्टाचार मुद्दा दायर भएको थियो । पछि उनले ०३७ सालमा सफाइ पाएका थिए ।

नेपाललाई १८ करोड ५८ लाख रुपैयाँ बिगो कायम गरी मुद्दा चलाइएको अख्तियारले जनाएको छ । उनीसँगै ९३ जनालाई प्रतिवादी बनाइएको छ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष समेत रहेका नेपाल उच्च पदमा पुगेर भ्रष्टाचार मुद्दा लाग्ने पहिलो व्यक्ति बनेका हुन् ।  २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा भ्रष्टाचार निवारण शाही आयोगले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई मुद्दा लगाएको थियो । जुन पछि लोकतन्त्र बहालीपछि आयोग नै खारेज हुँदै त्यसले गरेका प्रतिशोधपूर्ण मुद्दा पनि खारेज भएका थिए । 

त्यसअघि र त्यसपछि भ्रष्टाचारविरुद्ध काम गर्ने वैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग नै थियो। यो आयोगले भने हालसम्म विभिन्न मन्त्रीसम्मका ओहदामा आसीन भएका व्यक्तिलाई मुद्दा लगाउँदै आएको थियो। यही कारण हालसम्म साना माछालाई मात्रै समात्ने गरेको आरोप लाग्दै आएको अख्तियारका लागि पूर्व प्रधानमन्त्री नेपाल ‘ठुला माछा’ जरुर देखिन्छन् । तर, अख्तियारको यो अभियोजन कति विवादरहित हुन्छ, त्यो हेर्न भने केही समय कुर्नै पर्छ। 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७