कांग्रेस नेता अफताब आलमलाई मस्तिष्कघात, आईसीयूमा उपचार हुँदै


२०८२ जेठ १६ शुक्रबार १७:१९ बजे

काठमाडौं । बुधबार मात्रै कारागारबाट छुटेका कांग्रेस नेता मोहम्मद अफताब आलमलाई मस्तिष्कघात भएको छ। आज बिहान ७ बजे उनलाई मस्तिष्कघात भएको र परिवारका सदस्यले १०ः३० बजे काठमाडौँको माइतीघरमा रहेको अन्तपूर्ण न्युरो अस्पतालमा पुर्‍याएको अस्पताल स्रोतले जनाएको छ । उनको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको एक चिकित्सकले जानकारी दिए । उनले उच्च रक्तचाप, मधुमेहलगायत रोगको औषधि सेवन गरिरहेका थिए। 

आईसीयूमा जिउँदै जलाएको राजपुर घटनाबारे बरबराउँदैछन् आलम
आलम अस्पतालमा पनि रौतहटकै राजपुर घटनाबारे बोलिरहेका छन् । ‘मान्छे मारेकै हो, तिमीहरु के गर्न सक्छौ भन्दै नर्सहरुलाई गाली गरिरहनु भएको छ । कति जना मारें कसरी मारें भनेर बरबराइरहनु भएको छ’, अस्पताल स्रोतले सुनायो, ‘ब्रेन म्यापिङमा समस्या देखिन्छ ।’

पूर्वमन्त्री आलमलाई उच्च अदालतले बुधबार सफाइ दिएको थियो । रौतहट जिल्ला अदालतको फैसला अनुसार जन्म कैदको सजाय भुक्तान गरिरहेका आलम उच्च अदालत, जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनले सफाइ दिएपछि त्यसैदिन थुनामुक्त भएका थिए । 

रौतहट जिल्ला अदालतले दोषि ठहर गरेका ४ जनालाई नै उच्च अदालतले सफाइ दियो । २०६४ सालको निर्वाचनमा राजपुरमा आतंक मच्चाएर चुनाव जित्न बम बनारहँदा विष्फोटमा परेका घाइतेलाई इँटा भट्टामा लगेर जलाएको आरोप उनीसहितका अभियुक्तहरुलाई थियो । 

आलमकै घरमा बम बनाउने क्रममा विष्फोट हुँदा पिन्टु भन्ने त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँ घाइते भएका थिए। तर घटना दबाउन उनीहरूलाई आलमले आफ्नै इँटाभट्टाको चिम्नीमा जलाई मारेको अभियोग थियो । उक्त घटनाको १२ वर्षपछि २६ असोज २०७६ मा मात्र उनी पक्राउ परेका थिए । तर उच्चको फैसलापछि रिहा भएका उनी मस्तिष्कघातका कारण २ दिनपछि नै अस्पताल पुगेका हुन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७