नेपाल प्रहरीका ११ जना डीआईजीमा बढुवा (सूचीसहित)


२०८२ जेठ १६ शुक्रबार १७:२१ बजे
विनोद घिमिरे

काठमाडौं । नेपाल प्रहरीका ११ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका छन् । गृहमन्त्री रमेश लेखकले जेठ १३ गते बढुवाको निर्णय गरेको प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै जजनाएको छ । 

बढुवासँगै उनीहरूको पदस्थापन पनि भएको छ । डीआईजीमा बढुवा भएका सुदर्शनप्रसाद कोइराला विशेष ब्युरोमा पदस्थापन भएका छन् । यसअघि यहाँ कार्यरत डीआईजी सिद्धिविक्रम शाह एआईजीमा बढुवा भएपछि कोइरालालाई जिम्मेवारी दिइएको हो । विनोद घिमिरेको प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन भएको छ । दिपेन्द्र घर्ती क्षेत्री राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र दिपक रेग्मी अन्वेषण योजना तथा विकास निर्देशनालयमा पदस्थापन भएका छन् । 

माधवप्रसाद श्रेष्ठ कर्णाली प्रदेश प्रमुखको जिम्मेवारीमा पुुगेका छन् । तीन महिनादेखि कर्णाली प्रदेश डीआईजीबिहीन भएको थियो । दिलिपसिंह देउवा महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा र दिपककुमार बस्नेत प्रदेश समन्वय विभागमा पदस्थापन भएका छन् । ओमबहादुर रानालाई अख्तियार, जयराज सापकोटा कार्य निर्देशनालय, संजीव शर्मा दास अपराध अनुसन्धान निर्देशनालय र सुरेन्द्रबहादुर गुरुङ कार्य विभागमा पदस्थापन भएका छन् । उनको दरबन्दी साइबर ब्युरोमा भए पनि काजमा त्यहाँ खटाउने निर्णय भएको हो । 


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७