काठमाडौंमा गाडीबाट खसेर महिलाको मृत्यु

काठमाडौं । काठमाडौंको नागार्जुनमा भ्यानबाट खसेर एक महिलाको मृत्यु भएको छ । शुक्रबार बिहान नागार्जुन नगरपालिका–६ टेम्पो पार्कमा भ्यानबाट खसेर एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
नागार्जुन नगरपालिका–६ रामकोट बस्ने उदयपुर कटारी नगरपालिका–७ घर भएकी ३८ वर्षीया कोपिला परियारको मृत्यु भएको हो । महाँकालबाट सीतापाईलातर्फ जाँदै गरेको बा.प्र.०१–००२ ज ७०५७ नम्बरको भ्यानबाट कोपिला खसेकी हुन् । घाइते भएकी उनको उपचारको लागि मनमोहन अस्पतालमा लगिएको थियो । त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको हो । प्रहरीले भ्यानका चालकलाई पक्राउ गरेको छ ।