नेपालमै बनेको अल्लोको ‘ब्रिफकेश’ मा बजेट ल्याउँदै अर्थमन्त्री

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल नेपालमै बनेको अल्लोको ‘ब्रिफकेश’ बोकेर मन्त्रिपरिषद् बैठकमा पुगेका छन् । उनी बिहीबार दिउँसो आगामी आर्थिक वर्षको बजेट अल्लोले बनेको ब्यागमा बजेट बोकेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबार पुगेका हुन् ।
विगतका वर्षहरुमा अर्थमन्त्रीहरूले विदेशी ब्रिफकेसमा बजेट वक्तव्य राखेर ल्याउँथे र संसदमा वाचन गर्थे । यसपालि पनि गठनबन्धन सरकारका अर्थमन्त्री पौडेलले अल्लोबाट बनेको नेपाली झोला प्रयोग गरेका छन् । मन्त्री पौडेलले दिउँसो ३ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन् ।