गृहमन्त्री कर्मचारीलाई दोषारोपण गरेर पन्छिन खोजे : माओवादी केन्द्र

‘बजेट ल्याउन दिन्छौं, त्यो बाहेक अरु काम गर्न दिँदैनौं’


२०८२ जेठ १५ बिहीबार १६:२४ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले बजेट प्रस्तुत गर्ने र टेबल गर्ने विषयलाई लिएर मात्र प्रतिनिधि सभाको बैठकलाई अगाडि बढ्न दिएको बताएको छ ।

आज (बिहीबार) को प्रतिनिधि सभा बैठक बोल्दै माओवादी केन्द्रका मुख सचेतक हितराज पाण्डेले  जिम्मेवारीपूर्वक बजेटको विषयलाई लिएर प्रतिनिधि सभाको बैठक अगाडि बढ्न दिएको बताएका हुन् । उनले भने, ‘हामीले जिम्मेवारीपूर्वक आज बजेट प्रस्तुत गर्ने र टेबल गर्ने विषयलाई लिएर यो संसद् अगाडि बढाउन दिएका छौं । त्यो बाहेक अरु काम गर्न दिँदैनौँ हाम्रो आन्दोलन जारी छ ।’

बजेटपछिका अन्य प्रक्रियामा भने आफूहरूको अवरोध कायमै रहने पनि पाण्डेले स्पष्ट पारे । विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकका राजीनामा माग्दै १३ गतेदेखि निरन्तर सदनमा अवरोध गर्दै आएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समय लिएर बोेलेका प्रमुख सचेतक पाण्डेले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता रहेको आशंका रहेकाले राजीनामा माग्दै विपक्षीले संघर्ष गरिरहेको बताएका हुन् ।

उनले आफूमाथि आरोप लागेपछि राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्नेमा गृहमन्त्री रमेश लेखकले बुधबार पत्रकार सम्मेलन गरेर जनतालाई थप गुमराहमा राख्न खोजेको आरोप लगाए । ‘पत्रकार सम्मेलनमार्फत गृहमन्त्रीले कर्मचारीलाई दोषरोपण गरेर गृहमन्त्री पन्छिन खोज्नु भयो,’ उनले भने, ‘भ्रष्टाचार भयो भने कारबाही गर्ने दायित्व यो सरकारको छ कि छैन ? कारबाही गर्न यो सरकार बनेको होइन ? यसरी जनतालाई गुमराहमा राख्न खोजिएको छ ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७