प्रधानमन्त्रीलाई प्रचण्डको जवाफ : गृहमन्त्रीलाई राजीनामा गराएर संसदलाई जानकारी गराउनू


२०८२ जेठ १४ बुधबार १८:३७ बजे
फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गृहमन्त्री रमेश लेखकलाई राजीनामा गराउन आग्रह गरेका छन्। प्रधानमन्त्री केपी ओलीले विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फोन गरेर सदनको अवरोध खोल्न अनुरोध गरेका थिए।

गृहमन्त्रीले राजीनामा नदिएसम्म सदनको अवरोध खोल्न नसक्ने प्रचण्डले जवाफ दिएको सांसद माधव सापकोटाले जानकारी दिएका छन्। सो कुराकानीमा प्रचण्डसँग ओलीले संसद सञ्चालनको वातावरण बनाउन आग्रह गरेपछि त्यसको जवाफमा प्रचण्डले गृहमन्त्रीको राजीनामा नआइ संसद बैठक सञ्चालन हुन नसक्ने बताएको आम जनता पार्टीका अध्यक्ष प्रभु साहले जानकारी दिए। 

‘प्रधानमन्त्री र प्रचण्डबीच टेलिफोनमा कुराकानी भयो,’ विपक्षी दलको बैठकमा सहभागी साहले भने, ‘प्रचण्डले प्रधानमन्त्रीलाई भन्नु भयो, ‘गृहमन्त्रीलाई राजीनामा गराएर तपाईंले नै संसदलाई जानकारी गराउनू।’ विपक्षी दलहरूले आज पनि संसद् चल्न नदिने अडान राखेका छन्।  
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७