भोलिको प्रदर्शनमा सुरक्षा व्यवस्था चुस्त बनाउन उपत्यकाका प्रहरी इञ्चार्जहरुलाई निर्देशन


२०८२ जेठ १४ बुधबार १८:४२ बजे

काठमाडौं । भोलि काठमाडौंमा हुने नेकपा (एमाले)  र राजावादीको प्रदर्शनमा सुरक्षा व्यवस्था चुस्त बनाउन उपत्यकाका सबै प्रहरी इचार्जलाई निर्देशन दिइएको छ।काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङले काठमाडौँ उपत्यका भित्रको शान्ति सुरक्षा सुदृढ बनाउन मातहतका प्रहरी इञ्चार्जहरुलाई निर्देशन दिएका हुन् ।

कार्यक्रममा एआईजी तामाङले काठमाडौँ उपत्यकामा हुने कुनै पनि विरोध प्रदर्शनको कार्यक्रममा भिड नियन्त्रणमा अग्रपंक्तिमा खटिने प्रहरी कर्मचारीलाई सामहिक भावनाका साथ ऐक्यवद्ध भई उच्च मनोबलका साथ पूर्ण व्यवसायिक तवरले काम गर्न निर्देशन दिएका छन् । नेपाल पुलिस क्लब भृकुटीमण्डपमा बुधबार बिहान उपत्यका प्रहरी कार्यालय मातहतका सबै कार्यालयका प्रमुखलाई बोलाइएको थियो । कार्यक्रममा काठमाडौँ प्रहरी प्रमुख, ललितपुर प्रहरी प्रमुख र भक्तपुर प्रहरी प्रमुख पनि सहभागी थिए । 

यस्तै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख, विमानस्थल सुरक्षा कार्यालयका प्रमुख र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख पनि छलफलमा सहभागी थिए । साथै बल प्रयोग गर्नुपर्ने अवस्थामा अबलम्बन गर्नुपर्ने बल प्रयोगको सिद्धान्त र मानव अधिकारको ख्याल गर्न पनि तामाङले इञ्चार्जहरुलाई भनेका छन् । यसअघि चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शन हिंसात्मक बनेको थियो । त्यतिबेला प्रहरीको भूमिकामा प्रश्न उठेको थियो । प्रहरीले गलत समयमा बल प्रयोग गरेको र जतिबेला क्षति भयो त्यसलाई रोक्न नसकेको भन्दै आलोचना भएको थियो । जुन घटनालाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयले पनि छानविन गरिरहेको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७