होटलको छतबाट खसेर युवकको मृत्यु


२०८२ जेठ १४ बुधबार १७:३२ बजे

डोटी । डोटीमा होटलको छतबाट खसेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा जोरायल गाउँपालिका–१ गैरा (भड्डी) बस्ने अन्दाजी ३२ वर्षीय दिपक खड्का रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

खड्का मंगलबार राति करिब डेढ बजेतिर जोरायल गाउँपालिका– १ गैरामा भुपेन्द्र घर्ती मगरले सञ्‍चालन गर्दै आएको लुम्बिनी भान्सा घर एण्ड लजको तीन तलामाथिको छतबाट खसेका थिए।  प्रहरी सहायक निरीक्षक पदम सिंहका अनुसार  घाइते अवस्थाका उनलाई उपचारका लागि डडेल्धुरा अस्पतालमा पठाएको थियो।  बिहान ५ बजेतिर डडेल्धुरा अस्पतालले चेकजाँच गर्ने क्रममा  मृत घोषणा गरेको हो । स्थानीयका अनुसार खडकाले मदिरा सेवन गरेको बुझिएको छ। प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७