उपरथी बानियाँलाई थमाइयो अवकाश पत्र, थपिएन पदावधि


२०८२ जेठ ११ आइतबार २०:५७ बजे

काठमाडौं । नेपाली सेनाका उपरथी दिपककुमार बानियाँ म्याद थप नभएपछि २३ जेठबाट अवकाशमा जाने भएका छन्। प्रधानसेनापति अशोकराज सिग्देलले म्याद थपका लागि सिफारिस नगरेपछि पदावधि हदबाट अवकाशका लागि उनलाई पत्र थमाइएको छ । प्रधानसेनापतिले चाहेको खण्डमा अझै दुई वर्ष पदावधि थप गर्न सक्ने व्यवस्था भए पनि उनको पदावधि थप नहुने भएको हो । त्यसअनुसार अवकाशको १५ दिनअघि गत बिहीबारबाट बानियाँ बिदामा बसेका छन्।

उनी पदावधि थप भएको भए रथीमा बढुवा हुनसक्थे। उनी अवकाशमा गएसँगै अब उपरथी गणेश श्रेष्ठ वा विष्णु रावतमध्येले रथीमा बढुवा हुने अवसर पाएका छन्। त्यसपछि सहायक रथी पूर्ण खत्री, ध्रुव कार्की, विष्णु कार्कीमध्येबाट उपरथीमा बढुवा हुनेछन्।

३ पुस २०७५ मा बसेको नेपाली सेनाको पीएसओज बैठकले रथीहरुलाई अवकाशको १५ दिनअघि बिदा बस्नुपर्ने व्यवस्था गरेको थियो थियो । त्यसअनुसार, बानियाँलाई ८ जेठमा जिम्मेवारी बुझबुझारथ गर्न भनिएको थियो । त्यसअनुसार, उनले आफू कार्यरत सैनिक संगठन निर्देशनालयमा सहायक रथी दिवसराज रेग्मीलाई निमित्त जिम्मेवारी दिएर बिदा बसेका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७