दाउन्नेमा १० घण्टादेखि राजमार्ग अवरुद्ध


२०८२ जेठ १० शनिबार १४:२५ बजे

नवलपरासी । दाउन्नेस्थित खुर्सानी खोलामा सडक भासिएर महेन्द्र राजमार्ग अवरुद्ध भएको छ। फिल्डमा खटिएका ईलाका प्रहरी कार्यालय बर्दघाटका ट्राफिक प्रहरीका सई तीर्थ भुसालका अनुसार गए राति ११ बजे खुर्सानी खोला नजिकमा सडक ३० मिटर तल खसेका कारण राजमार्ग दुवैतर्फ अवरुद्ध रहेको छ।

सडक स्तरोन्नतिको क्रममा गरिएको ढलान समेत उप्किएको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ। सडक अवरुद्ध भएपछि राति ११ बजेबाट पूर्व–पश्चिम हिँडेका सैयौं गाडी बर्दघाट र दुम्कीवासमा रोकिएका छन्। शुक्रबार राति करिब ११ बजेबाट अवरुद्ध सडक शनिबार बिहानसम्म पनि सञ्चालनमा आउन सकेको छैन। पछिल्लो समय सामान्य वर्षामा समेत कहिले सडक चिप्लो त कहिले पहिरोको कारण अवरुद्ध हुँदै आइरहेको छ।

‘एम्बुलेन्स कराएको करायै छन् । जाने बाटो छैन,’ उनले भने, ‘वैकल्पिक राजमार्गबाट पठाउने प्रयासमा छौं । त्यहाँ सडक निर्माण गर्न बनाइएको डाइभर्सन समेत बगाएको छ। त्यहाँ भित्तो तासेर सडक निर्माण नगरुन्जेल दाउन्ने खण्डमा यातायात सञ्चालन हुने अवस्था छैन।’ राति ११ बजेबाट पूर्व पश्चिम हिँडेका सैयौं गाडी बर्दघाट र दुम्कीवासमा रोकिएका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७