अमेरिकामा इजरायली दूतावासका दुई कर्मचारीको हत्या


२०८२ जेठ ८ बिहीबार १७:०५ बजे

काठमाडौं । अमेरिकाको वासिङ्टन डीसी शहरस्थित यहूदी संग्रहालय बाहिर दुई इजरायली दूतावासका कर्मचारीलाई गोली हानी हत्या गरिएको छ। बीबीसीका अनुसार हत्या गरिएकाहरुमा एक पुरुष र एक महिला छन्। उनीहरुलाई क्यापिटल यहूदी संग्रहालयमा आयोजित एक कार्यक्रमबाट बाहिर निस्कने क्रममा गोली हानी हत्या गरिएको थियो ।

गोलीबारी स्थानीय समयअनुसार राति ९ बजे भएको थियो। रिपोर्टका अनुसार घटनाको समयमा संग्रहालयमा धेरै इजरायली दूतावासका कर्मचारीहरू उपस्थित थिए । संयुक्त राष्ट्र संघका लागि इजरायलका राजदूतले सो घटनालाई ‘यहूदी विरोधी आतंकवादको घृणित कार्य’ भनेर वर्णन गरेका छन्। यस घटनापछि वासिङ्टन डीसीमा ठूलो संख्यामा प्रहरी बल तैनाथ गरिएको छ। मुख्य सडकहरू बन्द गरिएका छन्। स्थानीय सञ्चारमाध्यमले पीडितहरूको पहिचान एक पुरुष र एक महिलाको रूपमा गरिएको बताएको छ, तर उनीहरूको नाम सार्वजनिक गरिएको छैन।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७