सांसदले हानिन् समिति सभापतिमाथि माइकको ‘झटारो’


२०८२ जेठ ७ बुधबार २२:०९ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) की सांसद कल्पना मियाँ कुसारीले महिला तथा सामाजिक समितिका सभापति किरणकुमार साहलाई माइकको ‘झटारो’ हानेकी छन्। आज (बुधबार) बसेको समितिको बैठकमा समिति सदस्य तथा सांसद कुसारीले सभापति साहमाथि माइक प्रहार गरेकी हुन्। सभापति साहका अनुसार सांसद कुसारी ढिलोगरी बैठकमा आएकी थिइन् । त्यसपछि उनले समय नलिकनै बोल्न थालिन् । यसपछि सभापति साहले उनलाई रोकेका थिए । तर, सांसद कुसारी बम्किइन् र माइक प्रहार गरिन् । तर, लागेन । 

सांसद कुसारीले आफ्नो नेमप्लेटले पनि हानेकी थिइन् । तर, माइक र नेमप्लेट सभापति साहसम्म पुगेन । ‘उहाँले मलाई नै प्रहार गर्नु भएको हो । तर, म भएतिर आएन, सांसदहरू भएतिर गयो,’ सभापति साहले भने । सांसद कुसारीले पनि आफूले माइक प्रहार गरेको स्वीकारेकी छन् । ‘हानेकै हुँ तर, लागेन,’ उनले भनिन् । उनले समितिमा अब सभापति साह र आफूमध्ये एक जना नरहने बताइन् । उनले आफूलाई सभामुख देवराज घिमिरेले छलफलका लागि बोलाएको पनि बताइन् ।  

आजको बैठक महिला, बालबालिका तथा ज्येष्ठ नागरिक भएका अनाथालय, वृद्धाश्रम र बाल सुधार गृहको अनुगमनको विषयमा छलफल भएको साहको भनाइ छ। विवादकै बीच कुसारीले सभापति साहमाथि गम्भीर आरोप लगाइन् । उनले सभापति साह सधैँ आफै संयोजक बनेर अनुगमनमा जाने, आफ्ना छोरालाई स्वकीय सचिव बनाएर घुम्न लैजाने गरेको र अनुगमनमा जाँदा खाली बिल स्वीकृत गराउने गरेको आरोप लगाएकी छन् । 


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७