परराष्ट्रमन्त्री राणा जापान प्रस्थान


२०८२ जेठ ६ मंगलबार १७:२४ बजे

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जापान प्रस्थान गरेकी छन् । टोकियोमा भोलिदेखि सुरु हुने ज्येष्ठ नागरिकहरुमा हुने सामाजिक एकान्ततासम्बन्धी सम्मेलनमा सहभागी हुन उनी गए राति जापान प्रस्थान गरेकी हुन् ।

एसियाली नागरिकको कल्याण तथा शिक्षाका लागि प्रतिष्ठान (फाउण्डेसन फर द वेलफेयर एण्ड एजुकेशन अफ द एसियन पिपुल) द्वारा आयोजित सो सम्मेलनमा १२ भन्दा बढी देशका मन्त्री, सरकारी उच्च अधिकारी एवं वरिष्ठ सामाजिक अभियन्ताहरूको सहभागिता रहने छ । जापानमा रहँदा उनले द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उनी आगामी शनिबार स्वदेश फर्कने कार्यतालिका रहेको सचिवालयले जानकारी दिएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७