अध्यक्ष प्रचण्ड र अर्थमन्त्री पौडेलबीच खुमलटारमा भेटवार्ता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच भेटवार्ता भएको छ। अध्यक्ष दाहाल निवास खुमलटारमा आज बिहान भएको भेटघाटमा उनीहरु बीचमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल भएको जनाइएको छ ।
‘आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा अर्थमन्त्री पौडेलले प्रमुख प्रतिपक्ष दलका शीर्ष नेतासँग विमर्श गर्नु भएको हो,’ प्रचण्डको सचिवालयका एक सदस्यले सुनाए, ‘यो भेटवार्ता विशुद्ध बजेटका विषयमा केन्द्रीत छ । अन्य राजनीतिक विषयमा उहाँहरुबीच खासै कुरा भएन ।’
संघीय संसद्मा आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको नीति तथा कार्यक्रममाथि हिजोदेखि छलफल सुरु भएको छ । हिजोको संसद् बैठकमा प्रचण्डले सरकारले ल्याएको नीति तथा कार्यक्रमको व्यापक आलोचना गरेका थिए । संसद्का दुवै सदनबाट यही वैशाख २८ गते नीति तथा कार्यक्रम पारित गर्ने तय भएको छ ।