बजेट लक भइसक्यो, संसदमा बोल्नु औपचारिकता निभाउनु मात्रै : जोशी


१८:५१ बजे
फाइल फोटो

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले संसदमा नीति तथा कार्यक्रममाथि छलफल गर्नु औपचारिकता निभाउनु मात्रै रहेको टिप्पणी गरेका छन्। आज (मंगलबार) संसदमा सरकारका नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिएका जोशीले मन्त्री तथा सचिवहरूले बजेट लक भइसकेको बताउने गरेको उल्लेख गर्दै उनले यस्तो बताएका हुन् ।

‘नीति तथा कार्यक्रम ढिला भयो । यहाँ बोलेर पनि केही संशोधन हुँदैन । यसले बजेटलाई प्रभाव पार्ला जस्तो देखिँदैन । विभिन्न मन्त्रालयमा जाँदा मन्त्री, सचिवहरू बजेट लक भइसक्यो भन्नु हुन्छ । नीति तथा कार्यक्रममा पनि केही फेरबदल हुँदैन । खाली तल सुनाउनका लागि माननीय ज्यूहरू बोल्नु भएको थियो, आफ्नो क्षेत्रका समस्याहरू उठाउनु भएको थियो भन्नेखाले मात्रै कुराहरू छन्,’ उनले भने, ‘यो औ‍पचारिकता निभाउनु मात्रै हो।’

उनले नीति तथा कार्यक्रम बनाउँदा सत्तापक्षकै सांसदहरूलाई पनि नसोधी, सल्लाह नलिइ बनाइएको बताएका छन्। ‘विपक्षीलाई त सोधिएन सोधिएन, सत्ता पक्षलाई पनि सोधिएन । त्यहाँ पनि असन्तुष्टि भयो । कोसँग सल्लाह गरेर, कसलाई सोधेर, को–को विज्ञहरूलाई सोधेर र को–को माननीयहरूलाई सोधेर आएको रहेछ ?,’ उनले भने । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७