न्याय परिषद नियमावली संशोधनविरुद्ध सर्वोच्चमा रिट


०१:०३ बजे

काठमाडौं । न्याय परिषद नियमावली संशोधनविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । २०८० साल असोज १ गते न्याय परिषद् नियमावली २०७४ संशोधन गरिएको थियो । सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारबाट उच्च अदालतको न्यायाधीश नियुक्त हुँदा मुख्य न्यायाधीशपछिको रोलक्रममा रहने संशोधित व्यवस्थाको प्रावधानलाई लिएर सर्वोच्चमा रिट दर्ता भएको हो ।

यज्ञमणि न्यौपानेसहित १० जना अधिवक्ताले न्यायपरिषद् नियमावली संशोधनविरुद्ध रिट दायर गरेका हुन् । रिटमा न्यायपरिषद् नियमावली संशोधन संविधानसँग बाझिएकाले खारेज गर्न माग गरिएको छ ।  रिटको अन्तिम किनारा नहुञ्जेल मुख्य रजिस्ट्रारलाई न्यायाधीश नियुक्त नगर्न समेत अन्तरिम आदेश माग गरिएको छ । रिटको पेसी बुधबारका लागि तोकिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७