काठमाडौबाट ९५ लाखसहित चार युवक पक्राउ


०१:११ बजे

काठमाडौं । काठमाडौंबाट ९५ लाखसहित चार युवक पक्राउ परेका छन्। आइतबार अपरान्ह काठमाडौंको पिङ्गलास्थानस्थित पशुपति भिजन अगाडि सडकबाट दुईटा मोटरसाइकलमा रहेका उनीहरूलाई पक्राउ गरेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए ।  

पक्राउ पर्नेमा काठमाडौंको तार्केश्वर नगरपालिका–३ फेदीका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरीको सप्तकोशी गाउँपालिका–१ का ४३ वर्षीय गणेश राई, लमजुङको दोदी गाउँपालिका–३ का ३१ वर्षीय सन्तोष गुरुङ र सोही ठाउँका ३९ वर्षीय सन्तोष घिमिरे छन् । उनीहरूको साथमा रहेको झोखा खानतलासी गर्दा ९५ लाख १७ हजार ५ सय रुपैयाँ फेला परेको र उक्त रकमको स्रोत उनीहरूले खुलाउन नसकेको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको एसपी बोहराले बताए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७