एमाले सचिवालय बैठकले के–के गर्‍यो निर्णय ?


२३:३१ बजे

काठमाडौं । नेकपा एमालेले आगामी आर्थिक वर्षको बजेटबारे छलफल गरेको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकमा आगामी आर्थिक वर्षको सन्दर्भमा छलफल भएको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनले बैठकमा नेताहरुले बजेट ठोस र परिमाणमुखी हुनुपर्नेमा जोड दिएको बताए ।  

‘मूलतः नीति तथा कार्यक्रमले भने जस्तै बजेट पनि ठोस र परिमाणमुखी होस् । विगतमा योजनाको छनौट स्रोतको विन्यास र योजनाको प्राथमिकतामा भद्रगोल देखिएको छ’, उनले भने, ‘विगतमा भएको अव्यवस्थालाई चिर्दै बजेट आओस् । संघीय सरकारले राष्ट्रियस्तरका  योजनामा केन्द्रित हुनुपर्ने बाँकी योजना प्रदेश र स्थानीय तहलाई दिनुपर्ने भन्ने कुरामा जोड दिइएको छ ।’

यसैगरी, बैठकले बजेट उत्पादन र उत्पादत्वमा केन्द्रित हुनुपर्ने नेताहरुले सुझाव दिएका छन् । उपमहासचिव ज्ञवालीले कृषि क्षेत्रका सघन क्षेत्र निर्माण गरेर किसानलाई जमिन, प्रविधि, बजार र बचतमा जोड दिँदै उनीहरुको आम्दानी बढाउने र मुलुकलाई आत्मनिर्भरतामा बढाउने गरी बजेट केन्द्रित हुनुपर्ने सुझाव प्राप्त भएको उनले बताए । 

उपमहासचिव ज्ञवालीले बजेटमा ‘जेन–जी’ पुस्तालाई केन्द्रमा राखेर उद्यमशीलता, उद्यममा क्रियाशील बनाउँदै जेन–जीसँगैको सहकार्यमा सूचना प्रविधिको विकासलाई अगाडि बढाउन बैठकमा छलफल भएको बताए । यसैगरी, बदलिँदो भूराजनीतिकले गर्दा अन्तर्राष्ट्रिय सहयोग कटौती भएको र ठेक्का लागेका योजनामा दाताहरुले हात झिक्ने अवस्थाले गर्दा सरकारको दायित्व झन थपिने भन्दै त्यसलाई ध्यानमा राखेर योजनाको प्राथमिकता गर्न पार्टीले सरकारलाई सुझाव दिएको उनको भनाइ छ ।

उपमहासचिव ज्ञवालीका अनुसार बैठकमा सुशासन, भष्ट्राचार नियन्त्रण र स्रोतको अधिकतम सदुपयोगलाई ध्यानमा राखेर बजेट निर्माण गर्न सुझाव दिइएको छ । एमालेले राजनीतिक स्थिरता खलबल्याउने प्रयासहरु कमजोर हुँदै गएको निष्कर्ष निकालेको छ। बैठकले मुलुक मुलतः राजनीतिक स्थायित्व र नीतिगत स्थिरताको बाटोमा अघि बढेको र स्थिरतालाई खलबल्याउने प्रयासहरु कमजोर हुँदै गएको निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७