नव नियुक्त ऊर्जा राज्यमन्त्री गर्बुजाको शपथ आज

काठमाडौं । नव नियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्। उनलाई आज बिहान ११ः३० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ ।
गत वैशाख १७ गते उनलाई प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्री नियुक्त गरेका थिए। प्रधानमन्त्री ओलीले पूर्णबहादुर तामाङलाई राज्यमन्त्रीबाट बर्खास्त गरेसँगै ऊर्जा राज्यमन्त्रीको रिक्त पदमा गर्बुजालाई नियुक्त गरिएको थियो ।
चुनावमा टिकट साटेर जित हासिल गरेका गर्बुजालाई अहिले कांग्रेस सभापति शेरबहादुर देउवाले ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री बनाएका हुन् । गर्बुजा त्यस्ता पात्र हुन्, जो २०७० सालको दोस्रो संविधान सभाको चुनाव र २०७४ सालको चुनावमा पनि हार बेहोरेका थिए । २०६४ सालको चुनावमा समानुपातिक उम्मेदावरको सूचीमा नाम परेको थियो।
२०७९ सालको चुनाव उनको लागि यस्तो संयोग बनेर आइदियो, टिकट साटेर संघमा जिते र राज्यमन्त्री समेत बने । २०७९ सालको चुनावबाटै म्याग्दीमा २३ वर्षपछि गर्बुजाले कांग्रेसको जित फर्काए । १ वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्णबहादुर तामाङ (कान्छाराम) लाई राज्यमन्त्रीबाट बर्खास्त गरेका थिए । वैशाख २७ गते राष्ट्रपतिबाट ऊर्जा राज्यमन्त्री नियुक्त भए ।
खम्वीर राज्यमन्त्री बन्दा म्याग्दीमा खुसी छाएको छ । प्रदेशमा चुनाव जितेर माओवादीका जुग्जाली गण्डकीको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री भइसकेका थिए भने अहिले खम्वीर राज्यमन्त्रीमा नियुक्त हुँदा खुसी थपिएको छ । बेलायती सैनिकबाट २०५३ सालमा अवकास लिएर राजनीतिमा होमिएका खम्वीर म्याग्दी कांग्रेसमा अहिले दोस्रो कार्यकालका लागि सभापति छन् । त्यसअघि उनी उपसभापति थिए । नेपाली कांग्रेसको म्याग्दीमा दरिलो खम्बा बनेका बेलायती पूर्व सैनिक खम्वीरले अवकासपूर्व नै कांग्रेसको राजनीतिमा सक्रिय रहेको बताउँछन् ।