सोसल मिडियामा मात्र हो, महानगरभित्र कसैसँग झगडा छैन : उपमेयर डंगोल


१७:३९ बजे
फाइल फोटो

काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयर सुनिता डंगोलले महानगरभित्र कसैसँग कुनै झगडा नरहेको बताएकी छन् । मेयर बालेन्द्र (बालेन) शाहतिर संकेत गर्दै उनले महानगरमा कसैको कसैसँग झगडा नभएको बताएकी हुन् । 

‘सोसल मिडियामा मात्रै हो, महानगरभित्र कहीँ कसैको झगडा छैन’ उनले भनिन् । काठमाडौंको सोल्टीमोडस्थित हायात सेन्ट्रिङ होटलमा आइएसएसआरले आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी कार्यक्रममा उनले खोटाङको दिक्तेल रुपाकोट मझुवागढीको मेयर तीर्थराज भट्टराईले राखेको प्रश्नको जवाफ दिंदै यस्तो बताएकी हुन् । 

उनले विभिन्न भिडिओ, फोटोहरुको जबरजस्ती एडिट गरेर यस्तो देखाइएको उनले बताइन् । ‘अब जबरजस्ती भिडिओ एडिटिङ गरेर झगडा पार्दिन्छन् । कहाँको कहाँको भिडिओ जबरजस्ती मिलाइदिन्छन् भने त्यसमा मलाई भन्नु केही छैन’, उनले भनिन्, ‘कताकताको फोटो एडिट गरेर झगडा भएको जस्तो बनाइदिन्छन् भने त्यसमा पनि मेरो भन्नु केही छैन ।’
यद्यपि संस्थागत रुपमा केही पनि झगडा नभएको तर प्रजातन्त्रमा वाद, विवाद र संवाद हुनुपर्ने बताइन् ।

‘तर अ्याज एन इन्स्टिच्युसन । आइ एम भेरी मच कमिटेड टु इन्स्टिच्युसन । आइ एम भेरी मच कमिटेड टु माइ पिपल। महानगरपालिकालाई मैले झगडा गरेको कारणले अहित हुन्छ भने म झगडा गर्दिनँ । तर त्यो भन्दाभन्दै डेमोक्रेसीमा वाद, विवाद अनि संवाद हुन जरुरी छ । चित्त बुझ्छ, चित्त बुझ्दैन सल्लाह गर्ने हो । संवाद गर्ने हो । निचोडमा ल्याउने हो। र त्यसमा हरदम प्रयास गर्छु’, उनले भनिन् ।

उनले महानगरको खर्च कम हुनुमा १०४ दिन प्रमुख प्रशासकीय अधिकृत नभएर त्यस्तो अवस्थाको सिर्जना भएको बताइन् । ‘खर्चको कुरामा पनि गरिहाल्नुभो । महानगरपालिकामा १०४ दिनसम्म जसले खर्च गर्ने सिग्नेचर चल्ने व्यक्ति प्रमुख प्रशासकीय अधिकृत नहुँदाखेरि ठप्प भएको हो । तर प्रमुख प्रशासकीय अधिकृतले अहिले काम थाल्नुभएसँगै त्यो दिन समस्या भएको दिन होइन, १०४ दिन ठप्प भएको समस्याको समाधान भएको दिन हो । अब त्यसलाई पनि मिडियाले पनि कुन हिसाबले विश्लेषण गर्छ भन्ने कुरा मेरो होइन हाम्रो मिडियाको काम हो । म मेरो काम चाहिँ एकदमै बफादार छु । यहाँ आफैं प्रमुख हुनुहुन्छ । उपप्रमुखलाई खर्च किन भयो भएन भनेर के सोध्नु ?’, उनले भनिन् ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७