घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर आएपछि नेपालमा पनि भाउ घटेको निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
यसअनुसार अब पेट्रोलको पहिलो वर्गमा १५५.५०, दोस्रो वर्गमा १५७ र तेस्रोमा १५८ रुपैयाँ प्रतिलिटर पुगेको छ । आयल निगमले आज (बुधबार) रातिबाट लागू हुने गरी पेट्रोल २, डिजेल तथा मट्टितेल १ र आन्तरिक हवाइ इन्धन ४ रुपैयाँ प्रतिलिटर घटाएको हो । त्यस्तै अन्तर्राष्ट्रिय वायु सेवाले प्रयोग गर्ने इन्धन २९ डलर प्रतिकिलोलिटर घटाएको निगमले विज्ञप्तीमार्फत जनाएको छ ।
मूल्य घटेपछि काठमाडौं उपत्यकामा पेट्रोल १ सय ५८, डिजेल तथा मट्टितेल १ सय ४५ र आन्तरिक हवाइ इन्धन १ सय २१ रुपैयाँ प्रतिलिटर कायम भएको छ । त्यस्तै अन्तर्राष्ट्रिय हवाइ इन्धन ९ सय ५२ डलर प्रतिकिलोलिटर पुगेको छ । इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएकाले नेपाली बजारमा पनि समायोजन गरेको निगमले जनाएको छ ।