रेशम चौधरीको पक्राउ सामान्य त्रुटी मात्रै होइन : सीके राउत


२०८२ बैशाख १८ बुधबार २१:५५ बजे

काठमाडौं  । जनमत पार्टीका अध्यक्ष सीके राउतले रेशम चौधरीलाई पक्राउ सामान्य त्रुटी मात्र नभई एकता भाँड्ने ष्ड्यन्त्र भएको आरोप लगाएका छन्। रेशम चौधरी रिहाइ भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष राउतले पक्राउको घटनालाई ठूलो षड्यन्त्रको रूपमा लिए । ‘पार्टी एकीकरण हुने दिन नै रेशम चौधरीलाई पक्राउ गर्नुलाई हामीले ठूलो षड्यन्त्रको रूपमा लिएका छौं । हामीबीच हुने पार्टी एकता भाँड्ने प्रयास पनि हो,’ सञ्चारकर्मीसँग उनले भने ।

उनले सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई मोहोरा बनाइएको आरोप लगाए ।  ‘यस घटनामा ठूलै षड्यन्त्र भएको छ । कर्मचारीलाई त मोहोरा मात्र बनाइएको हो,’ उनले भने । अध्यक्ष राउतले पार्टी एकीकरण भएरै छाड्ने भए । त्यसका लागि आवश्यक छलफल हुने बताए । ‘उहाँ रिहा भइसक्नु भएको छ । अब हामी यस घटनालाई समीक्षा गर्छौं । पार्टी एकीकरण त भएरै छाड्छ,’ उनले भने । 

त्यस्तै रेशम चौधरीका बुबा लालवीर चौधरीले भोलि नै पार्टी एकता हुने बताए । ‘भोलि नै पार्टी एकता हुन्छ । हामी अझ बलियो भएर आउनेछौं,’ उनले भने । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आज प्रज्ञा प्रतिष्ठानमा एकता घोषणा हुँदै थियो। त्यसै क्रममा सादा प्रहरीले रेशम चौधरीलाई पक्राउ गरेका थिए । महिमानसिंहले जारी गरेको पत्रका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । तर, पत्र नै शंकास्पद् देखिएपछि सर्वोच्च अदालतले अर्को पत्र जारी गरेर रेशमलाई थुनामुक्त गर्न निर्देशन दिएको थियो । नक्कली पत्र जारी गर्ने विष्ट पक्राउ परेका छन्। प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७