शिक्षकका मागबारे निर्णय गर्न मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं । काठमाडौंमा २९ दिनदेखि आन्दोलन गरिरहेका शिक्षकका माग सम्बोधन गर्न आज (बुधबार) साँझ मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । मन्त्रिपरिषद्बाट ९ बुँदे माग सम्बोधन गरे आन्दोलनको मोडालिटी परिवर्तन गर्ने जनाएका शिक्षक महासंघको माग सम्बोधन गर्न आज मन्त्री परिषद्को बैठक बस्न लागेको हो ।
तीन दिनदेखि लगातार शिक्षक महासंघ र शिक्षामन्त्रीबीच वार्ता भईरहेको छ । शिक्षा मन्त्रालयमा आज बसेको बैठकले निर्णय गरेर मन्त्रिपरिषदबाट पास गर्ने तयार भएको जनाइएको छ । महासंघले विद्यालय शिक्षा ऐन ल्याउने समय तोक्ने र तत्काल ९ बुँदे प्रस्तावमा निर्णय गर्ने माग राखेको छ ।
सोही अनुसार सरकार र शिक्षकहरुबीचको वार्तामा सहमति जुटेको छ । शिक्षा मन्त्रालयमा भएको सहमतिमा हस्ताक्षर भने भइसकेको छैन । वार्ता सकेर मन्त्रीहरु क्याबिनेट बैठक बस्न हिँडेका छन् । मन्त्रिपरिषद बैठकले शिक्षकहरुका केही माग सम्वोधन गरेपछि सम्झौता हुने र औपचारिक पत्रकार सम्मेलन गरेर जानकारी दिइने बताइएको छ ।