जनमत–नाउपा एकता घोषणासभामा खुलेन प्रज्ञाको ढोका


२०८२ बैशाख १८ बुधबार १४:४६ बजे

काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) को एकता घोषणा कार्यक्रम तोकिएको समयमा सुरु हुन सकेको छैन । आज बिहान ठीक ११ बजेका कमलादीस्थित प्रज्ञा भवनको हलमा कार्यक्रम सुरु हुने तालिका भए पनि अहिलेसम्म कार्यक्रम सुरु हुन सकेको छैन ।

कार्यक्रमका लागि हल नै बुकिङ नभएकाले समयमै  कार्यक्रम सुरु हुन नसकेको हो । प्रतिष्ठानको प्रशासनले हल छिर्ने मुख्य गेट बन्द राखेको छ । हलभित्र प्रवेश गर्न नपाएपछि जनमत र नाउपका कार्यकर्ता प्रज्ञा भवन प्राङ्गणमै छन् । नाउपा पक्षकाले हल बुकिङको जिम्मेवारी लिएको नेताहरुले जानकारी गराएका छन् । अब १ बजे पछि मात्रै कार्यक्रम सुरु हुने उपस्थित नेताहरुको भनाइ छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७