अछामको साफेबगर हाटबजारमा भीषण आगलागी


२०८२ बैशाख १४ शनिबार १४:०१ बजे

अछाम । अछामको साफेबगर बजारमा रहेको हाटबजारमा भीषण आगलागी भएको छ । शनिबार बिहान पौने ४ बजेको समयमा हाटबजारमा आगलागी हुँदा १० वटा पसल जलेर नष्ट भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरीप्रसाद भण्डारीले स्थानीय प्रेम खड्काले सञ्चालन गरेको शुभेच्छा मःम सेन्टरमा विद्युत सर्ट भएर आगलागी भएको जानकारी दिए । उनकाअनुसार आगो अन्य पसलहरुमा समेत फैलिंदा १० वटा जस्ता पाताले छाएका पसल जलेर नष्ट भएका छन् ।

तर, मानवीय र पशुचौपाया क्षति भने भएको छैन । प्रहरीले सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो बिहान ६ बजे नियन्त्रणमा लिइएको जनाएको छ । आगलागीबाट हाटबजारमा सञ्चालनमा रहेका कालभैरव जनरल स्टोर, रिभरसाइड नास्ता पसल, ब्युटिपालर, डाक मोबाइल ग्यालरी, कालभैरव सुनचाँदी पसल, रोडसाइड रेष्टुरेन्ट, ई.भी. काउन्टर एण्ड पसल र शीतल होटल एण्ड गेष्ट हाउस जलेर नष्ट भएको डीएसपी भण्डारीले बताए ।

मंगलसेन नगरपालिकाको दमकल मर्मतका लागि धनगढी पठाइएका कारण आगो नियन्त्रणमा लिन ढिलाइ भएको थियो। तर, बिहान ६ बजे भने दमकलको प्रयोग नगरेरै आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट १० पसल जले पनि क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ । केही समयअघि अछामको बान्नीगढी जयगढ गाउँपालिकामा रहेको जयगढ बजारमा समेत आगलागी भएको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७