अध्यक्ष भट्टराईसहित नयाँ शक्तिका नेताहरू भारत जाँदै


२०८२ बैशाख १४ शनिबार १८:२१ बजे

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराई आज (शनिबार) छिमेकी देश भारत जाँदैछन् । नयाँ शक्ति पार्टीकी उपाध्यक्ष मानुषी यमी भट्टराईका अनुसार उनी आज दिउँसो १ बजेको उडानमार्फत भारत प्रस्थान गर्नेछन् । 

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष भट्टराई प्रगतिशील नेपाली समाज, भारतको अधिवेशनमा अतिथिको रूपमा सहभागी हुन भारत जान लागेका हुन् । अधिवेशन भोलि आइतबारदेखि भारतको फरिदाबादमा हुँदैछ । अध्यक्ष भट्टराईसँगै नयाँ शक्ति पार्टीकी उपाध्यक्ष एवं विदेश विभाग प्रमुख मानुषी यमी भट्टराई र पार्टीका सचिव एवं प्रवास प्रदेशअन्तर्गत भारतका इञ्चार्ज सन्देश कार्की पनि भारत जाँदैछन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७