पाकिस्तानी दूतावास बाहिरको प्रदर्शन हाम्रो होइन : राप्रपा


२०८२ बैशाख १४ शनिबार १९:१७ बजे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शनिबार काठमाडौंस्थित पाकिस्तानी दूतावास बाहिर राप्रपाको ब्यानरमा गरिएको प्रदर्शन आफ्नो पार्टीको नभएको स्पष्ट पारेको छ ।

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले पाकिस्तानी दूतावास बाहिर आज राप्रपाको ब्यानरमा भएको प्रदर्शनमा पार्टी कुनै संलग्नता नभएको बताएका हुन् । उनले भने, ‘त्यो कार्यक्रम हाम्रो पार्टीको होइन र त्यस्तो प्रदर्शन गर्ने नीति पनि हाम्रो छैन। कसैले हाम्रो पार्टीको नामको दुरुपयोग गरेका हुन सक्छन् ।’

गाई चिन्ह अंकित झण्डामा राप्रपा लेखिएको ब्यानरमा प्रदर्शनकारीले जम्मु कश्मिरको पहलगाममा भएको आतंकी हमलामा प्रधानमन्त्री केपी शर्मा ओली दोषी रहेको भन्दै ओलीविरुद्ध नाराबाजी समेत गरेका थिए । गत मंगलबार जम्मु–कश्मिरमा आतंकवादी समूहले एक नेपालीसहित २६ जनाको हत्या गरेका थिए । उक्त घटनामा बुटवलका सुदीप न्यौपानेको पनि हत्या भएको थियो ।

उनको न्यायका लागि माग गर्दै नेपाल नागरिक अभियानले काठमाडौंस्थित पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गरेका हुन् । पहलगाममा भएको हमलाको जिम्मा द रेसिस्टेन्ट फ्रन्ट (टिआरएफ) ले लिएको छ । टिआरएफलाई  पाकिस्तानको सैन्य र गुप्तचर निकायले समर्थन गरेको आरोप छ । यद्यपि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले यस घटनामा निष्पक्ष छानबिनका लागि तयार रहेको बताएका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७