भुजी र दरमखोला पुल निर्माणमा लापरबाही


२०८२ बैशाख १३ शुक्रबार १३:४९ बजे

बागलुङ । निर्माण व्यवसायीको चरम लापरबाहीका कारण बागलुङमा दुईवटा मोटरेबल पुल नौ वर्षदेखि अलपत्र छन्। ढोरपाटन नगरपालिका–५ स्थित अस्तु–ओडारबोट जोड्ने भुजीखोला पुल र गलकोट नगरपालिका–७ को दरमखोला पुल निर्माणले गति नलिँदा  स्थानीयले सास्ती खेप्नुपरेको छ । दुईवटै पुल निर्माणका लागि वाइटी रफिना जेभी कन्ट्रक्सनले जिम्मा पाएको थियो । भूजीखोला पुल २०७४ साल माघमा सक्नेगरी २०७३ साल असोज ४ गते सम्झौता गरेको थियो । उक्त पुलको हालसम्म ३५ प्रतिशत मात्र काम भएको सडक डिभिजिन कार्यालयले जनाएको छ ।

दरमखोला पसलका २०७४ साल माघ ४ गते सक्नेगरी २०७३ साल असोज ४ गते सम्झौता भएको थियो । निर्माण कम्पनीले समयमै काम नगरेपछि अन्तिमपटक २०७७ साल मंसिर १४ मा म्याद थप गरिएको थियो । यो पुलको काम ४० प्रतिशतमात्र भएको छ। सडक डिभिजन कार्यालयका प्रमुख हरिप्रसाद सुवेदीका अनुसार भुजीखोला पुल निर्माणका लागि रु दुई करोड १६ लाख र दरमखोलाको पुलका लागि रु तीन करोड ३२ लाखमा निर्माणमा सम्झौता छ । अहिलेसम्म निर्माण भएका संरचना जीर्ण छन् । तीनको अवस्था काम नलाग्ने रहेको प्राविधिकहरू बताउँछन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७