धनुषामा विष सेवन घटना : तीन छोराछोरीपछि आमाको पनि मृत्यु


२०८२ बैशाख १३ शुक्रबार १८:५२ बजे

जनकपुरधाम । धनुषामा विष सेवन घटनामा तीन छोराछोरीको मृत्युपछि उपचारको क्रममा आमाको पनि मृत्यु भएको छ । धनुषा शहीदनगर नगरपालिका–५ बासुदेवपट्टीकी ३० वर्षीया पविताकुमारी साहको उपचारका क्रममा आज मृत्यु भएको हो।

जनकपुरधामस्थित रामजानकी अस्पतालमा उपचारको क्रममा बिहान ९ः४५ बजे मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिएका छन् । गत सोमबार साँझ आफ्नै घरमा तीन छोराछोरीसहित आमा विष सेवन गरेको अवस्थामा फेला परेका थिए । सोही दिन  ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया आरुसी मृत्यु भएको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा घरयासी विवादका कारण पविताले आफ्ना तीन सन्तानलाई विष सेवन गराई आफैं पनि सेवन गरेको खुलेको छ ।

९ महिनाकी गर्भवती पवितालाई बिष सेवनपछि शल्यक्रिया गरी शिशु निकालिएको थियो । शिशुको अवस्था सुधारोन्मुख रहेको डीएसपी सिंहले बताए। पविताले विष सेवन गरेको परिवारले थाहा पाएपछि उपचारका लागि अस्पताल लिएर आएका थिए । पविताको माइत पक्षले भने शारीरिक र मानसिक यातना दिएकै कारण पविताले विष सेवन गरेको आरोप लगाएका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७