सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । एक दशकअघि गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पको स्मृतिमा विभिन्न कार्यक्रम भइरहेका बेला सिन्धुपाल्चोक केन्द्रविन्दुु भएर भूकम्प गएको छ। आज (शुक्रबार) बिहान ११ः ५३ बजे सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर ७.८ म्याग्निच्युडको भूकम्प जाँदा करिब ९ हजार मानिसको ज्यान गएको थियो । त्यतिबेला सिन्धुपाल्चोक सबैभन्दा बढी प्रभावित भएको थियो । आज बिहानको भूकम्पको धक्का सिन्धुपाल्चोक र आसपासका केही जिल्लामा पनि महसुस भएको थियो तर सो भूकम्पले क्षति पुगेको भने छैन ।