कञ्चनपुरमा जलेको अवस्थामा भेटिएको शवको पहिचान


२०८२ बैशाख ९ मंगलबार १२:३३ बजे

काठमाडौं । कञ्चनपुरको बेलौरी नगरपालिका–१० को घटियाघाटमा जलेको अवस्थामा भेटिएको शवको पहिचान भएको छ। आज (मंगलबार) बिहान जलेको अवस्थामा भेटिएको शव बेल्डाँडी गाउँपालिका–३ का ५० वर्षीय हरिकिसन रानाको रहेको कञ्चनपुरका एसपी चक्रराज जोशीले जानकारी दिए । राना मंगलबार बिहान साढे ४ बजे कोलकाता जाने भन्दै मोटरसाइकलमा घरबाट हिंडेको पाइएको उनले जानकारी दिए ।

राना बिहान जलेको अवस्थामा फेला परेका थिए भने मोटरसाइकल नजिकै जलिरहेको थियो । घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जोशी स्वयंम घटनास्थल पुगेका छन् । नेपाल प्रहरीको धनगढीमा रहेको कुकुर शाखाबाट अनुसन्धानका लागि तालिम प्राप्त कुकुर लगिएको छ । एसपी जोशीले थप अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको समेत प्राविधिक सहयोग मागिने बताएका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७