ज्ञानेन्द्र शाहीलगायतका राप्रपा सांसदहरूलाई संसदीय दलको कार्यालयबाट निस्किन रोक


२०८२ बैशाख ८ आइतबार १५:४९ बजे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूलाई सिंहदरबारस्थित संसदीय दलको कार्यालयमै प्रहरीले निगरानी राखेको छ। आज (आइतबार) राप्रपाले निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने तयारी गरेको छ । त्यसअनुसार राप्रपाका कार्यकर्ताहरू बानेश्वरमा निषेधित क्षेत्र अगाडि प्रदर्शन गरिरहेका छन् । यसैबीच राप्रपाका सांसदहरू संसदीय दलको कार्यालयमा छन् ।

राप्रपाका प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीले भने आफूहरूलाई संसदीय दल बाहिर निस्किन नदिन प्रहरी आएर बसेको बताएका छन् । उनले आफूहरूलाई सिंहदरबारको संसदीय दलको कार्यालयमा डीएसपीको कमाण्डमा बन्धक बनाइएको जानकारी दिए । शाहीसहित दिपकबहादुर सिंह र बिना जयसवाल कार्यालयमा छन् । प्रहरीको दुई वटा भ्यान संसदीय दलको कार्यालय बाहिर राखिएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७