‘भ्वाइस अफ् नेपाल’ को अन्तिम–८ मा इलामका प्रमेश राई, भोट गरिदिन आग्रह


२०८२ बैशाख ६ शुक्रबार १४:१५ बजे

काठमाडौ । ‘द भ्वाइस अफ नेपाल’ सिजन–६ को टप ८ मा पुगेका इलाम रोङका प्रमेश राईलाई भोट दिएर जिताइ दिन ‘प्रमेश राई जिताउ अभियान’ ले आग्रह गरेको छ । द भ्वाइस अफ नेपालको सिजन–६ को टप ८ पुगेका राईलाई बढीभन्दा बढी भोट गरेर जिताइदिन रोङ गाउँपालिकाका अध्यक्ष मणीकुमार स्याङ्वो सुवासले आग्रह गरे । नव गायक प्रमेश राई भविष्यमा नेपाली गीत–संगीतको क्षेत्रमा योगदान पुर्‍याउन सक्ने क्षमताको बोकेको प्रतिभा भएको बताउँदै उनले अब थप अगाडि बढ्न भोटको आवश्यक परेकाले देश तथा बिदेशमा रहेका सम्पूर्ण नेपालीलाई भोट दिन आग्रह गरे ।

रोङ गाउँपालिकाकी उपाध्यक्ष बिष्णुमाया भुजेलले रोङ गाउँपालिका मात्र नभएर इलाम जिल्लाले बहुप्रतिभाशाली प्रतिभा पाएको बताउँदै रोङ निवासी प्रतिभाशाली गायक राईलाई भोट दिएर जिताइ दिन आग्रह गरिन्। सरगम संगीतालय बिर्तामोडका प्रबन्धक दीपक रायमाझीले गायक राई सरगम संगीतालयका प्रतिभाशाली विद्यार्थी भएको बताउँदै उनलाई जिताइदिन भोट दिन आग्रह गरे । उनले खल्ती एप डाउनलोड गरी टीम राजुकोमा गएर गायक राईलाई भोट गर्न सकिने र क्यूआरमार्फत पनि भोट गर्न सकिने जानकारी दिए ।

गायक राईले सबैको सहयोगले आफू यो स्थानमा पुग्न सकेको बताउँदै अब अगाडि बढ्न बढी भन्दा बढी भोट आवश्यक परेकाले सक्दो भोट गरिदिन आग्रह गरे । आफूले सरगम संगीतालय बिर्तामोडमा गीत संगीत सिकेर अगाडि बढेको उनको भनाई छ । संगीत क्षेत्रमा उर्बर इलामले धेरै कलाकार जन्माइसकेको छ । यसैक्रममा इलामकै अर्का युवक पनि सांगीतिक आकाशमा निकै चर्चा बटुलिरहेका छन् । इलामको रोङ गाउँपालिका–६, सलकपुरको सनसिटी भिलेजका प्रमेश राई ‘द भ्वाइस अफ् नेपाल सिजन–६’ को अन्तिम ८ मा पुगिसकेका छन् । निर्णायकले निकै रुचाएका प्रमेशलाई दर्शक र स्रोताले पनि मन पराइरहेका छन् । 

हिमालयन टेलिभिजनमा प्रत्येक शुक्रबार र शनिबार साँझ ८ बजे प्रसारण हुने रियालीटी शोमा चार निर्णायकमध्ये कोच राजु (लामा) को टिमबाट उनी हजारौं प्रतिस्पर्धीलाई पछि पार्दै भोटिङ राउण्डमा पुगेका हुन् । उनलाई जिताउन चाहनेका लागि अहिले भोटिङ पनि खुला छ । ‘ब्लाइन्ड अडिसन’ मा ‘एउटा सपना छ तिमीलाई माया गर्ने’ बोलको गीत गाएर निकै चर्चामा आएका प्रमेश चारै कोचको कुर्सी घुमाउन सफल भएका थिए ।

‘ब्याटल राउण्ड’ मा ‘बाबरी रंगमा’ बोल गीत गाउँदै नकआउटमा ‘फिजेको केसमा सिउरेको’ गीत गाएसँगै प्रमेश ‘लाइभ राउण्ड’ मा प्रवेश गरेका हुन् । यही गीतले उनलाई चर्चित बनायो । सानैबाट संगीतमा रुची भएका प्रमेशले २०७५ सालमा औपचारिक रूपमा संगीत शिक्षा सिक्न थालेका हुन् । झापा बिर्तामोडमा रहेको सरगम संगीतालयमा दीपक रायमाझीसँग संगीत सिकेका राई अहिले काठमाडौंको पुरानो बानेश्वरस्थित धुन कला केन्द्रमा कैलाश राईसँग सिक्दै छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७