सात दिनमै सुनको भाउ १६ हजारले बढ्यो आज कतिमा हुँदैछ कारोबार ?


२०८२ बैशाख ६ शुक्रबार १४:०७ बजे

काठमाडौं । नेपाली बजारमा एक एक सातामै सुनको भाउ तोलामा १६ हजारले बढेको छ । तर आज (शुक्रबार) भने सुनको भाउ सामान्य ओरालो लागेको छ । आज सुन प्रतितोला आठसय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुनको मूल्य तोलामा तीनहजार ६ सय रुपैयाँ बढेर एक लाख ९० हजार ६ सय रुपैयाँ पुगेको थियो । सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो । 

बुधबार पनि सुन तोलाको २७ सय रुपैयाँ बढेको थियो । यसअघिका तीन दिनमा सुन तोलामा १० हजार ६ सय रुपैयाँ बढेको थियो । आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदीको मूल्य एक हजार ९६० रुपैयाँमै स्थिर रहेको महासंघले जनाएको छ । 

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो । त्यतिबेला सरकारले भन्सारदर घटाएपछि व्यापक घटेको सुनचाँदीको भाउ फेरि उच्च बन्न थालेको हो । अमेरिका र चीनबीच व्यापार द्वन्द्व चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएपछि नेपाली बजारमा पनि त्यसको प्रभाव परेको व्यवसायीले बताएका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७