पूर्व प्रधानमन्त्रीद्वय भट्टराई र नेपालविरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा

काठमाडौं । बालुवाटारको ललिता निवासस्थित सरकारी जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय डा.बाबुराम भट्टराई र माधवकुमार नेपालविरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा रहेको छ । आज (बिहीबार) प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र नित्यानन्द पाण्डेय रहेको पूर्ण इजलासमा भएको बहसपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।
ललिता निवास जग्गा प्रकरणमा भट्टराई र नेपाललाई पनि मुद्दा चलाउनुपर्ने मागसहित वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले रिट दायर गरेका थिए । करिव पाँच वर्ष पुरानो मुद्दालाई सर्वोच्च अदालतले प्राथमिकताका साथ टुंग्याउने नीति लिएको हो । पूर्व प्रधानमन्त्रीद्वय नेपाल र भट्टराई विरुद्धको मुद्दा अख्तियारमा विचाराधीन महत्वपूर्ण राजनीतिक मुद्दामध्ये एक हो ।