विश्वप्रकाशको प्रस्ताव : काम गर्न गाह्रो भएको भए प्रधानमन्त्रीकै टिम बनाऔं, हामी बाहिरिन्छौं


२०८२ बैशाख ५ बिहीबार ११:५४ बजे
फाइल फोटो

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसका कारण सरकारमा काम गर्न अप्ठेरो भएको भए खुलेर भन्न आग्रह गरेका छन्। कांग्रेस सत्तापक्षकै बेञ्चमा बसेर पनि सरकारका कमी कमजोरीप्रति प्रश्न गर्ने ठाउँमा हुनुपर्ने महामन्त्री शर्माले बताएका छन् । आफू संलग्न सरकारको सफलताको लागि बोल्नु आफूहरूको कर्तव्य रहेको उनले बताएका छन् ।

‘कांग्रेस बाहिरिँदा विपक्षीको बेञ्चमा होइन, सत्ता पक्षको बेञ्चमा बस्ने, सरकारलाई साथ दिने, कमजोरीप्रति प्रश्न गर्ने,’ महामन्त्री शर्माले भने, ‘भोलि कांग्रेसको प्रधानमन्त्री बन्ने बेलामा कांग्रेसको टिम हुन्छ, एमालेले बाहिर बसेर सरकारलाई सहयोग गर्छ, कमी कमजोरीप्रति प्रश्न गर्छ ।’ महामन्त्री शर्माले एमालेको प्रधानमन्त्री हुँदा पूर्ण रुपमा एमालेकै र कांग्रेसको प्रधानमन्त्री हुँदा पूर्ण रुपमा कांग्रेसकै टिम हुने गरी सोच्न पनि आग्रह गरेका छन् ।

‘जो प्रधानमन्त्री उसैको टिम । यसमा सहमत होऔं । कांग्रेसका मन्त्रीहरूका कारण काम गर्न गाह्रो भयो भने प्रधानमन्त्रीले भन्नुप¥यो,’ महामन्त्री शर्माले भने, ‘एमालेको प्रधानमन्त्री हुँदाखेरी एमालेको टिम दिने टोटल । बरु, अरू साना दललाई गाँसौँला, काँग्रेस बाहिरिने ।’ सरकारको सफलताका लागि नराम्रा कामहरूबारे ध्यान दिनुपर्ने बताउँदै उनले चुकेको ठाउँमा आफूहरूले झकझक्याउने बताए ।

‘सबैभन्दा उत्तम विकल्प, सरकारको गति बढ्नु पर्छ । कुनै पनि यो वा त्यो, इन्तु–परन्तु, इफ–बट भनिराखेर सरकारलाई ढिलाइ भएको कुरामा कसैलाई दोष लगाएर हुँदैन,’ महामन्त्री शर्माले भने । उनले कांग्रेस सभापति शेरबहादुर देउवा समेत कामको गति बढाउनु पर्ने पक्षमा रहेको बताएका छन् । उनले शिक्षकका माग सम्बोधन गर्न, गभर्नर नियुक्ति, एआईजी नियुक्तिलगायतका कामहरूमा अब ढिलाइ गर्न नहुने बताएका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७