मकवानपुरमा बस दुर्घटना हुँदा १६ जना घाइते


२०८२ बैशाख ५ बिहीबार ०९:०२ बजे

मकवानपुर । पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित सडकखण्डमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। इटहरीबाट भैरहवातर्फ जाँदै गरेको लु२ख ५९९ नम्बरको बस सडकबाट करिब १० मिटर तल खस्दा बसमा सवार १६ जना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घाइतेहरुलाई उद्धार गरी उपचारको लागि चितवन अस्पतालतर्फ पठाइएको प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिए । दुर्घटनामा परेको बसका चालक बाराको कोल्बी नगरपालिका–११ निवासी २९ वर्षीय राकेश चौधरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रासस
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७