सुनको भाउ हालसम्मकै उच्च, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले एकपछि अर्को रेकर्ड बनाइरहेको छ । आज एकै दिन ३,९०० रुपैयाँले बढेर फेरि नयाँ रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ३ हजार ९०० रुपैयाँले बढेर एक तोलाको सुनको मूल्य १ लाख ८५ हजार पुगेको हो ।
अघिल्लो दिन बिहीबार एक तोला सुनको मूल्य १ लाख ८१ हजार ३०० रुपैयाँ कायम भएको थियो । सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ । आज एक तोला चाँदीको मूल्य १९ सय ५ रुपैयाँ पुगेको छ । बिहीबार प्रतितोला चाँदी १९ सय रुपैयाँमा कारोबार भएको थियो ।