दुर्गा प्रसाईलाई नेपाल ल्याइयो


२०८१ चैत २९ शुक्रबार १९:०० बजे
फाइल फोटो

झापा । काठमाडौं तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनका जनकमाण्डर दुर्गा प्रसाईंलाई भारतमा पक्राउ गरी काँकडभिट्टा नाकाबाट नेपाल ल्याइएको छ । सीआईबीको टोलीले स्कर्टिङ गरी उनलाई अहिले भद्रपुर विमानस्थल लगेको छ । सीआईबीले उनलाई केहीबेरमा बुद्ध एयरको विमानमा काठमाडौं पठाउने भएको छ ।

आज बिहानदेखि मेची पुलमा प्रसाईका परिवारका सदस्य र समर्थकहरु उनको प्रतिक्षामा थिए । त्यहाँ प्रहरी पनि तैनाथ भएका छन् । समर्थकलाई प्रहरीले तितरबितर पारिरहेको छ  ।१५ चैतको प्रदर्शनका नाममा हिंसा भड्काएर फरार भएका उनलाई नेपाल प्रहरीको विशेष ब्युरोले पूर्वी नेपालको सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको अधिकारीहरूले बताएका छन् ।

प्रसाईलाई खोज्न नेपाल प्रहरीका तीन टोली भारतसम्म पुगेका थिए । प्रसाईं भागे पनि प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महमन्त्री धवलशमशेर राणासहित ७९ जनालाई पक्राउ गरेको छ । प्रहरीले मिश्र र राणालाई राजद्रोह, संगठित अपराध र सार्वजनिक उपद्रवसहितका मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७