हिलोले दाउन्नेमा राजमार्ग अवरूद्ध

पहिरोले सल्यान र सुर्खेत–हुम्ला सडक अवरुद्ध


२०८१ चैत २८ बिहीबार ०९:३९ बजे

नवलपरासी । पूर्वी नवलपरासीस्थित दाउन्नेमा राजमार्ग अवरूद्ध भएको छ । वर्षाका कारण बिहीबार बिहान ९ बजे त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित पूर्वपश्चिम राजमार्ग अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वर्षापछि सडक हिलो र चिप्लो भएपछि सवारीसाधन आवतजावत गर्न कठिन भएको हो । सवारीसाधनहरू सडकमै रोकिएसँगै राजमार्ग अवरूद्ध बनेको छ । प्रहरीले राजमार्ग खुलाउने प्रयास गरिरहेको छ ।

पहिरोले सल्यान र सुर्खेत–हुम्ला सडक अवरुद्ध
यता वर्षासँगै आएको पहिरोले कालिकोट र सल्यानमा सडक पूर्णरुपमा अवरुद्ध भएको छ । कालिकोटको पचालझरना गाउँपालिका ८ जारकोटमा पहिरो खस्दा सुर्खेत–हुम्ला सडकखण्ड पनि पूर्णरुपमा अवरुद्ध छ । ठूला ढुंगासहितको पहिरो खसेर सडक अवरुद्ध भएको र डोजर प्रयोग गरेर खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायव निरीक्षक सागर घर्तीले जानकारी दिए ।

यस्तै सल्यानको बनगाड कुपिण्डे नगरपालिका ११ धारापानीमा खसेको पहिरोले जाजरकोट सडकखण्ड पनि पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए । ‘ठूलो डोजर ल्याएर पहिरो पन्छाउने क्रम जारी छ,’ उनले भने ।

सल्यानकै कपुरकोट गाउँपालिका ३ मा खसेको पहिरो भने पन्छाइसकेकाले यातायात आवागमन सामान्य रहेको सडक विभागको आज बिहान ८ बजेसम्मको विवरणमा उल्लेख छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका ११ पितृवाङ खोलामा आएको बाढीले अवरुद्ध भएको राप्ती राजमार्ग पनि खुलाइसकेको डिएसपी प्रमेश विष्टले जानकारी दिए । उनका अनुसार चैत २६ गते त्रिवेणी गाउँपालिका ८ पेउघामा चट्याङ लागेर घाइते भएकी ३८ वर्षीया जयकला खड्काको जिल्ला अस्पताल सल्लेमा उपचार जारी छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७