माओवादी केन्द्रका नेताहरु चीनको चोङकिङमा

काठमाडौं । चोङकिङ चिनिया कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सदस्य सम्मिलित २० सदस्यीय प्रतिनिधिमण्डल चीनको चोङकिङ शहर पुगेको छ ।
माओवादी केन्द्रका सचिव दीनानाथ शर्मा नेतृत्वको प्रतिनिधिमण्डललाई चोङकिङ नगरमा बुधबार चिनिया कम्युनिष्ट पार्टीको चोङकिङ नगरपालिका पार्टी स्कुलका नेता वाङ तियानलियाङले स्वागत गरे ।
प्रतिनिधिमण्डलमा पार्टी केन्द्रीय सदस्य लेखनाथ न्यौपाने, रामदीप आचार्य, माओवादी केन्द्रको अन्तर्राष्ट्रिय विभाग, स्कुल विभाग, मजदुर तथा बुद्धिजीवी सङ्गठन, अखिल (क्रान्तिकारी) लगायत विभागका सदस्य सहभागी छन् । चोङकिङ चीनको महत्त्वपूर्ण आर्थिक र व्यापारिक केन्द्र हो भने चीनमा केन्द्रीय सरकार मातहत रहेका चार शहरमध्ये एक हो ।